सत्‍ययुग आउँदैछ!

सत्‍ययुग आउँदैछ!

हाम्रो वरिपरि घोर अन्धकारले छाएको छ। हामीमध्ये कसैले सत्य के हो, सो जान्दैनौं। सबैले 'म ठीक छु' भन्छन्, तरैपनि संसारभरि जताततै दुःख र समस्याहरू एकदम बढिरहेका छन्। सबैले आफ्नो मनपरी गरेका छन्। सबैले आफ्नो सुख मात्र खोजेका छन्। 'यो कलियुग हो, यसैले सोझो औंलाले घिउ आउादैन।' धेरैको भनाई यही छ। यस युगमा पाप गरेर मात्र फलिफाप हुन्छ भन्ने सिद्धान्तअनुसार अघि बढ्ने धेरै मानिसहरू छन्। तर के संसारको स्थिति सधैं यस्तै हुनेछ? कहिलेसम्म हामी यस्तो पापले भरिएको संसारमा जिउनुपर्छ? के कसैले हामीलाई यो कुरा साचो गरी बताउन सक्छ? तपाईंको मनमा यस्ता प्रश्नहरू उठेका छन् भने हामी तपाईंलाई पक्का गरी भन्न चाहन्छौं : सत्ययुग आउादैछ। रात धेरै बितिसक्यो, अब चाडै उज्यालो हुनेछ। दिन नजिकै छ। के यो कुरा प्रकृतिले हामीलाई बताउादैन? मिरमिरे उज्यालो हुनुभन्दा पहिले घोर अन्धकार हुन्छ। त्यसबेला 'अब चाडै उज्यालो खस्नेछ' भन्ने कुरा केले बताउाछ? हाम्रो वरिपरि छाएको अन्धकारले हामीलाई यो बताउादैन। तर यदि हामी आकाशतिर आफ्ना आखा उठाएर हेरचौं भने त्यहाा पूर्वमा हामी बिहानको तारा देख्न सक्छौं। त्यही तारा आउन लागेको दिनको पक्का चिन्ह हो। ठीक त्यस्तै हाम्रा सृष्टिकर्ता परमेश्वरले सत्ययुग अर्थात् उहााको राज्यको पक्का चिन्ह दिनुभएको छ। जब स्वर्गबाट प्रभु येशू यस संसारमा देखा पर्नहुन्छ तब उहााले यस संसारमा परमेश्वरको राज्य स्थाप्ति गर्नुहुनेछ। उहााचाहिा सत्ययुगको पक्का चिन्ह हुनुहुन्छ। जब प्रभु येशू आउनुहुन्छ, तब सत्ययुग सुरू हुनेछ। 

घनघोर अन्धकारमा अझ एउटा कुराले हामीलाई दिनको घोषण गर्छ, त्यो हो - भाले। जब भाले बास्छ, तब दिन नजिकै छ भन्ने कुरा सबैले थाह गर्छ। ठीक त्यस्तै परमेश्वरले आफ्ना पवित्र वक्ताहरूलाई हामीकहा पठाउनुभएको छ। उनीहरूले हामीलाई परमेश्वरको पवित्र वचन बताउादै सत्ययुगको बयान गरेका छन्। ती भविष्यवाणीहरूमा ध्यान दिन सबैका लागि लाभदायक छ। यसैले पवित्र बाइबलबाट हामी तपाईंको निम्ति यहाा केही खण्ड प्रस्तुत गर्दछौं। किनभने चााडै सत्ययुग आउादैछ। 

पवित्र बाइबलमा यसरी लेखिएको छ : पछिल्ला दिनहरूमा यस्तो हुनेछ परमप्रभुको भवन बसालिएको पर्वत पहाड़हरूभन्दा उच्च पारिनेछ; डाड़ाहरूभन्दा उच्च उठाइनेछ। अनि सबै जातिहरू त्यहा आई भेला हुनेछन्। धेरै जातिका मानिसहरू आएर यसो भन्नेछन् : 'आओ, हामी उक्लेर परमप्रभुको पर्वतमा, याकूबका परमेश्वरको भवनमा जाऔँ, उहााले हामीलाई आफ्ना मार्गहरू सिकाउनुहुनेछ; अनि हामी उहााका बाटाहरूमा हिड्नेछौं। किनभने सियोनबाट व्यवस्था; अनि यरूशलेमबाट परमप्रभुको वचन निस्कनेछ। अनि उहाले जाति-जातिहरूको बीचमा न्याय गर्नुहुनेछ, र धेरै जातिका मानिसहरूलाई कायल पार्नुहुनेछ। तब तिनीहरूले आफ्ना तरवार पिटेर हलोका फालीहरू अनि आफ्ना भालाहरू पिटेर छाट्ने छुरीहरू बनाउनेछन्। एक जाति अर्को जातिको विरोधमा तरवार उठाइनेछैन; अब उसो तिनीहरूले लड़ाइा गर्न सिक्नेछैनन्। यशैया २:२-४ 

सत्ययुग आउने बेलामा प्रभु येशू यस संसारमा आउनुहुनेछ। तब संसारका महाराजा भई उहाा इस्राएलको राजधानी यरूशलेमदेखि आफ्नो शासन चलाउनुहुनेछ। सबै जातिका मानिसहरू उहााकहाा आउनेछन् र तिनीहरूले उहााको कानुन मान्नैपर्छ। पहिले उहाले जाति-जातिका मानिसहरूको न्याय गर्नुहुनेछ र उनीहरूलाई साबित तुल्याउनुहुनेछ। फलस्वरुप उनीहरूले आफ्ना हात - हतियारहरू चलाउन र लड़ाइा गर्न छोड्नेछन्। तब सारा संसारमा शान्ति हुनेछ। 

अनि उहााले मुख हेरे न्याय गर्नुहुनेछैन, न ता कानले सुनेर साबित पार्नुहुनेछ। तर धार्मिकताको साथ उहााले गरिबहरूको न्याय गर्नुहुनेछ, र पक्षपातबिना पृथ्वीका दुःखीहरूको निम्ति फैसाला गर्नुहुनेछ। अनि उहााले पृथ्वीलाई आफ्नो मुखको दण्डरुपी वचनले हिर्काउनुहुनेछ र आफ्ना ओंठको सासले दुष्टहरूलाई नष्ट पार्नुहुनेछ। धार्मिकता उहााको कम्मरको पेटी र सत्यता उहााको जाघको पटुका हुनेछ। 

अनि ब्वासो थुमासित बस्नेछ, र चितुवा बाख्राको पाठोसित सुत्नेछ। बाछा, जवान सिंह र पालेको पशु सागै रहनेछन्; अनि सानो नानीले तिनीहरूलाई डोरयाउनेछ। गाई र भालु एकसाथ चर्नेछन्, तिनीहरूका बच्चाहरू सागै सुत्नेछन्। अनि सिंहले गोरुले झैं पराल खानेछ। दूधे- बालकले साबे सर्पको कुरमा खेल्नेछ, र दूध छोडेको नानीले विषालु सापको दुलोमा आफ्नो हात हाल्नेछ। मेरा सम्पूर्ण पवित्र पर्वतभरि नै तिनीहरूले हानी गर्नेछैनन्, न ता नाश गर्नेछन्; किनभने समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ। यशैया ११:३-६ 

प्रभु येशू यस संसारको न्यायकर्ता हुनुहुनेछ। उहाा धार्मिकतासाथ र पक्षपातबिना दुःखी र गरिबहरूको न्याय गर्नुहुनेछ। तर दुष्टहरूचाहि उहााको मुखको वचनले नष्ट हुनेछन्। जब प्रभु येशू आफ्नो कम्मर धार्मिकता र सत्यताले कस्नुहुनेछ तब सत्ययुग सुरू हुनेछ। यो युग कति अचम्मको हुनेछ! यस खण्डमा तपाईंले यो पढ्नुभयो; तर सायद यी सबै कुरा यस्तै हुनेछन् भनी पत्याउनुहुन्न होला। तर जे हामीले लेखेका छौं, त्यो दन्त्यकथा होइन, तर त्यो परमेश्वरको सत्य वचन हो भन्ने कुरा तपाईंले याद गर्नुहोला। परमेश्वरको राज्यभित्र प्रवेश गर्नेहरूललाई कुनै कुराले हानी गर्नेछैन, न ता कुनै थोकले उनीहरूलाई नष्ट गर्न पाउनेछ। किनभने सारा संसार परमेश्वरको ज्ञानले भरपूर हुनेछ। यो हो - सत्ययुग। 

सबै अहंकारी र सेखी गर्नेहरूमाथि, साथै सबै घमण्डमा घमण्डमा फुलेकाहरूमाथि सेनाहरूका परमप्रभुको दिन आईपर्नेछ, र ती होंचो पारिनेछन्। अनि मूर्तिहरूचाहिी बिलकुल हटेर जानेछन्। अनि जब पृथ्वीलाई खुबै तर्साउनको निम्ति परमप्रभु उठ्नुहुन्छ, तब परमप्रभुको भय र उहााको महामहिमाको प्रतापदेखि मानिसहरू चट्टानका गुफा र पृथ्वीका ओडार - हरूभित्र लुक्न जानेछन्। त्यस दिन मानिसहरूले पूजुन् भनेर आफ्नो निम्ति बनाएका चाादी र सुनका मूर्तिहरू तिनीहरूले छुचुन्द्रा र चमेराका अघि फ्याक्नेछन्। जब पृथ्वीलाई खुबै तर्साउनको निम्ति परमप्रभु उठ्नुहुन्छ, तब परमप्रभुको भय र उहााको महामहिमाको प्रतापदेखि मानिसहरू चट्टानका ध्वान्द्रा र चट्टानका चिराहरूभित्र लुक्न जानेछन्। यशैया २ : १२, १८-२१ 

तर सत्ययुगको शुरू हामीमध्ये कति जनाका निम्ति अति भयानक हुनेछ। किनभने तिनीहरू सत्य परमेश्वरलाई भेट्न तयार छैनन् तिनीहरूले आफ्नो पापबाट पश्चात्ताप गरेका छैनन्। तिनीहरूमा घमण्ड र शेखी छादैछ। तर यसरी परमेश्वरलाई भेट्न हामी सक्दैनौं। हामी उहााको पवित्र उपस्थितिदेखि कहाा भागौं? उहाको क्रोधबाट आफैलाई कहाा लुकाऔं? 

जसरी सामा बटुलिन्छन् र आगोभित्र फालिन्छन्, त्यस्तै नै यस संसारको अन्तमा हुनेछ। मानिसको पुत्र अर्थात् प्रभु येशूले आफ्ना दूतहरू पठाउनुहुनेछ अनि तिनीहरूले उहााको राज्यबाट सबै ठेस खुवाउने कुराहरू र अधर्म गर्नेहरूलाई बटुल्नेछन्, अनि उनीहरूलाई आगोको भट्टीभित्र फालिदिनेछन्। त्यहाा रुवाबासी र दाह्रा किटाई हुनेछ। त्यसबेला धर्मी जनहरूचाहि आफ्नो परमेश्वर पिताको राज्यमा सूर्यजस्तै चम्कनेछन्। जसका सुन्ने कान छन्, त्यसले सुनोस्। मत्ती १३ : ४० - ४३ 

तपाईं यो कुरा पक्का बुझ्नुहोस् कि प्रभु येशूको राज्यबाट सबै बाधा पार्ने कुराहरू र सबै अधर्म गर्नेहरू हटाइनेछन् र आगोको भट्टीमा फ्यााकिनेछन्। जो उहााको दृष्टिमा धर्मी हुन्छन्, उनीहरू मात्र उहााको राज्यको योग्य हुनेछन्। यसैले तल उल्लेखित गरिएको परमेश्वरको आज्ञाअनुसार उहालाई भेट्नको निम्ति तयार हुनुहोस्। 
हे इस्राएलीहरू हो, आफ्ना परमेश्वरसित भेट गर्नको निम्ति आफैलाई तयार गर! आमोस ४:१२ 

सत्ययुग अवश्य आउने नै छ। तर मुख्य प्रश्न यही हो : के हामी सबैले यस राज्यभित्र प्रवेश गर्न पाउछौं र? के हामी पवित्र परमेश्वरसित भेट गर्नको निम्ति तयार छौं? के सत्ययुग हाम्रा निम्ति आउादैछ? 

शरीरका कामहरू प्रकट छन्, ती यी हुन् : परस्त्रीगमन, व्यभिचार, अशुद्धता, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगडा, डाहा, रिस, विरोध, फूट, दलबन्दी, द्वेस, हत्या, मतवालीपन, मोजमज्जा, साथै यही प्रकारका कुराहरू, जसका विषयमा म तिमीहरूलाई पहिले भन्दछु, यस्ता- यस्ता काम गर्नेहरू परमेश्वरका राज्यका हकवाला हुनेछैनन्। गलाती ५:१६ – २१ 

यदि तपाईंको जीवनमा यस्ता पापहरू छन् भने तब कुरा स्पष्ट छ : तपाईं परमेश्वरको राज्यभित्र पस्न पाउनुहुन्न। तपाईं सत्ययुगको योग्य हुनुभएको छैन। समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिकै आएको छ; पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर। मर्कूश १:१५ 

प्रभु येशूको शुभ - सन्देश सुनाएर हामी तपाईंलाई सत्ययुगमा अर्थात् परमेश्वरको राज्यमा पस्ने उपाय देखाउन चाहन्छौं। प्रभु येशूले हामी हरेकलाई दुईटा आज्ञा दिनुभएको छ। किनभने हामी सबै पापी छौं र परमेश्वरको राज्यको योग्य हुादैनौं भन्ने कुरा उहाालाई राम्ररी थाहा छ। यसैले आफ्ना पापदेखि सााचो गरी पश्चात्ताप गर्नुहोस्, र प्रभु येशूले मुक्ति दिने सुसमाचार ध्यानसित सुनी विश्वास गर्नुहोस्, किनभने प्रभु येशू लगभग दुई हजार वर्षअघि पहिलोपल्ट यस संसारमा आउनुभएको थियो। त्यसबेला उहााले संसारको मुक्तिदाता हुनलाई मानिसको रुप धारण गर्नुभयो।  

हामीलाई परमेश्वरकहाा पुरयाउने बाटो खोल्नको निम्ति प्रभु येशू क्रूसमा असाध्य कष्ट सहेर मर्नुभयो। यसरी उहााले सबै मानिसका निम्ति पापबाट छुटकारा दिने दान तिर्नुभयो। यति धेरै प्रेम परमेश्वरले तपाईंलाई गर्नुहुन्छ कि उहााले आफ्नो प्राणसमेत तपाईंको निम्ति दिनुभयो। मरेको तेस्रो दिनमा प्रभु येशू फेरि जिइउठ्नुभयो र आफ्ना चेलाहरूकहाा देखा पर्नुभयो। त्यसपछि उहाा स्वर्ग चढ़ी परमेश्वरको दाहिने हातमा सिंहासनमाथि बस्नुभयो। उहाा सारा संसारको प्रभु हुनुहुन्छ। चााडै उहाा फेरि यस संसारमा ठूलो शक्ति र महिमाको साथ आउनुहुनेछ। तब उहााले आफ्नो अनन्त राज्य स्थापित गर्नुहुनेछ। त्यही महिमित राज्यको योग्य उहााले तपाईंलाई बनाउनु चाहनुहुन्छ। 

तिनीहरूले पापको क्षमा र प्रभु येशूमाथि राखिएको विश्वासद्वारा पवित्र पारिएकाहरूको बीचमा उत्ताराधिकार पाऊन्। परमेश्वरकहाा फर्क, अनि पश्चात्तापलायकका कामहरू गर। प्रेरित २६:१८-२० 

पश्चात्ताप गर, प्रभु येशूको नाममा पापको क्षमा छ। सम्पूर्ण हृदयले प्रभु येशूमाथि विश्वास गर्नुहोस्। उहााको नाम पुकार्नुहोस् र उहााको सामु आफ्ना पाप मानिलिनुहोस्। नम्र भई परमेश्वरकहाा फर्कनुहोस् र मुक्ति पाउनुहोस्। उहााले तपाईंका सबै पाप माफ गर्नुहुन्छ र तपाईं उहााको राज्यको योग्य तुल्याउनुहुन्छ। उहााको वचन विश्वासयोग्य र सत्य छ। यही उद्धारको वचन ग्रहण गर्नुहोस्। तब बिनाडर आफ्नो परमेश्वरलाई भेट्न तपाईं तयार हुनुहन्छ। 

यसकारण हल्लाउन नसकिने राज्य पाउने भएका हुनाले आओ, हामी अनुग्रह पाऔं, जसद्वारा हामी श्रद्धा र ईश्वरीय भयको साथ परमेश्वरलाई ग्रहणयोग्य सेवा चढ़ाऔं। किनकि हाम्रा परमेश्वर भष्म गर्ने आगो हुनुहुन्छ। हिब्रू १२:२८-२६ 

परमेश्वरको अनन्त राज्य आउन लागेको छ। यस राज्यभित्र कुनै पापी पस्दै पस्दैन। पवित्र परमेश्वर पापी मानिसको लागि भष्म गर्ने आगो हुनुहुन्छ। यसैले बियाालो नगरी प्रभु येशूकहा आउनुहोस्, उहााबाट निगाह पाउनुहोस् र आफ्ना पापबाट शुद्ध हुनुहोस्। तब प्रभु येशूबाट पापको क्षमा पाई तपाईं र तपाईंको श्रद्धा-भक्ति परमेश्वरको सामु ग्रहणयोग्य हुनेछ। 

अनि सबै जाति, देश भाषाका मानिसहरूले उहााको सेवा गरून् भनेर उहालाई अर्थात् प्रभु येशूलाई सर्वाधिकार, महिमा र एउटा राज्य दिइयो। उहााको सर्वाधिकार कहिल्यै नबित्ने अनन्त सवार्धिकार हो; अनि उहााको राज्य कहिल्यै नष्ट हुनेछैन। दानिएल ७:१४ 

सत्ययुग अवश्य आउादैछ। सारा पृथ्वीलाई व्यथा लागिसकेको छ। हाम्रो अविश्वास र हृदयको कठोरताले गर्दा चारैतिरबाट हामीमाथि विपत्तिहरू आईलागेका छन्। आफ्ना पापबाट हामी कहिले पश्चात्ताप गरौं? कहिले हामी आफ्नो सृष्टिकर्तालाई चिनौं र उहाातिर फर्कों? किनभने प्रभु येशूलाई सारा अधिकार महिमा लिइएको छ। उहााको राज्यमा सबै जाति, देश र भाषाका मानिसहरू हुनेछन्, जसले उहााको सेवा गर्नेछन्। के तपाईं पनि त्‍यहाँ हुनुहुनेछ? के सत्ययुगमा प्रवेश गर्नको निम्ति तपाईंले आफैलाई तयार पार्नुभएको छ? किनभने सत्ययुग चाडै आउादैछ। परमेश्वरको वचन पवित्र बाइबलबाट सम्बन्धमा तपाईंलाई अझ बुझ्ने इच्छा छ भने तल दिइएको यस ठेगानामा सम्‍पर्क गर्नुहोस्‌ भनी हामी तपाईंलाई अनुरोध गर्दछौं। आत्मिक कुराहरूको सम्बन्धमा हामी तपाईंलाई सकभर सहायता गर्न तयार छौं। धन्यबाद। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.