गूड फ्राइडे

गूड फ्राइडे

गूड फ्राइडेको दिन मानेर संसारभरिका इसाईहरूले प्रभु येशूको क्रूसको मृत्युको सम्झना गर्दछन्; किनकि प्रभु येशूको मरण इसाई धर्मको मुटु हो। किनभने सारा संसारका मानिसहरूका पापहरूका निम्ति प्रभु येशूले क्रूसमा आफ्नो प्राण दिनुभयो, र यसरी उहाँ संसारको मुक्तिदाता हुनुभयो। यहाँ हामी तपाईंलाई कदम- कदममा त्यस क्रूसको ठाउँमा लाँदै तपाईंलाई त्यसको रहस्य बुझाउन चाहन्छौं। प्रभु येशू पक्राउ परेको समयदेखि हामी आफ्नो बयान शुरू गरौं। 

येशू बोल्दै गर्नुहुँदा हेर, यहूदा, बाह्रजनामध्ये एक, त्यहाँ आयो; अनि त्यसको साथमा मुख्य पूजाहारी र जन्ताका बूढ़ा प्रधानहरूको तर्फबाट एउटा ठूलो भीड़ तरवार र लाठाहरू लिएर आयो। अब विश्वासघात गरेर उहाँलाई पक्राइदिनेले तिनीहरूलाई यसो भन्दै एउटा चिन्ह दिएको थियो: 'जसलाई म चम्बन गर्छु, तिनी नै उनी हुन्, तिनलाई पक्र!' अनि तुरुन्तै त्यो येशूकहाँ आयो, भन्योः ‘गुरुज्यू सलाम!', र उहाँलाई चुम्बन गरयो। अनि येशूले त्यसलाई भन्नुभयोः ‘साथी, तिमी केको लागि आएको?' तब तिनीहरू आएर येशूमाथि हात हाले र उहाँलाई पक्रे। त्यस घड़ी येशूले भीड़हरूलाई भन्नभयोः 'के तिमीहरू डाँकूको विरोधमा आएझैं तरवार र लाठाहरू लिएर मलाई पक्रन निस्किआयौ? म मन्दिरमा शिक्षा दिँदै दिनहुँ तिमीहरूसँग बसें, र तिमीहरूले मलाई पक्रेनौ। तर भविष्यवक्ताहरूका शास्त्रहरू पूरा होऊन् भनेर नै यी सबै भएका हुन्!' तब येशूका सबै चेलाहरूले उहाँलाई त्यागे, र भागे। अनि येशूलाई पक्रनेहरूले उहाँलाई महापूजाहारी कायफाकहाँ लगे, जहाँ शास्त्री र बूढ़ा प्रधानहरू भेला भएका थिए। ...तब मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरू, अँ, सम्पूर्ण महासभाले येशूलाई मार्न भनी उहाँको विरुद्ध झूटो साक्षी खोजे। मत्ती २६:४७-५०, ५५-५७ २५९ 

बिहान भयो; तब सबै मुख्य पूजाहारी र जनताका बूढ़ा प्रधानहरूले येशूलाई मार्न भनी उहाँको विरुद्ध मतो गरे। तिनीहरूले उहाँलाई बाँधेर लगे, र उहाँलाई राज्यपाल पोन्तियस पिलातसकहाँ सुम्पिदिए। 

...येशू राज्यपालको सामु उभिनुभयो। राज्यपालले उहाँलाई यसो भन्दै सोधेः 'के तिमी यहूदीहरूको राजा हौ?' ...अनि जब मुख्य पूजाहारी र बूढ़ा प्रधानहरूले उहाँलाई दोष लगाए, तब उहाँले एउटै जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई भनेः ‘तिनीहरूले तिम्रो विरोधमा कति धेरै कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ?' तर येशूले तिनलाई एक शब्द पनि जवाफ दिनुभएन, यहाँसम्म कि राज्यपाल साह्रै छक्क परे। मत्ती २६:२७:१-२, ११-१४ 

ब पिलातसले मुख्य पूजाहारी, शासक र मानिसहरूलाई भेला गरे, तब तिनले तिनीहरूलाई भनेः 'तिमीहरूले यस मानिसलाई, यो मानिसहरूलाई बहकाउने मान्छे हो भनेर मकहाँ ल्याएका छौ; अनि हेर, मैले उसलाई तिमीहरूकै सामु जाँच गरें, तर तिमीहरूले उसमाथि जुन दोषहरू लगाउँछौ, यी कुराको विषयमा मैले यस मानिसमा केही दोष पाएको छैन; अँ, हेरोदले पनि पाएनन्। किनकि मैले तिमीहरूलाई उनीकहाँ पठाएको थिएँ, तर हेर, मृत्युदण्ड लायकको कुनै काम ऊद्वारा भएको रहेनछ। यसकारण म उसलाई सजाय दिएर छोड्छु।' 

यसकारण येशूलाई छोड़िदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूसित कुरा गरे। तर तिनीहरू यसो चिच्च्याएः 'त्यसलाई क्रूसमा टाँगिदिनुहोस्! त्यसलाई क्रसमा टाँगिदिनुहोस्!' अनि तिनले तेस्रो पल्ट तिनीहरूलाई भनेः 'किन? उसले केको कुकर्म गरेको छ र? मैले उसमा मृत्युदण्ड लायकको कुनै कारण पाएकै छैनँ; यसैले म उसलाई सजाय दिएर छोड्छु।' तर त्यसलाई क्रसमा टाँग्नैपर्छ भन्ने माग गर्ने मानिसहरूले भारी आवाज उठाएर जिद्दी गरे। तब जनता र मुख्य पूजाहारीहरूको आवाजको जीत भयो। अनि तिनीहरूले मागेअनुसार नै होस् भनेर पिलातसले दण्डको आज्ञा दिए। तिनले तिनीहरूका निम्ति तिनीहरूले मागेका बरब्बालाई छोड़िदिए, जोचाहिँ राजद्रोह र हत्याको कारणले झ्यालखानामा हालिएको थियो, तर येशूलाई चाहिँ तिनले तिनीहरूकै इच्छामा सुम्पिदिए। लूका २३:२०-२५ 

ब राज्यपालका सिपाहीहरूले येशूलाई राजभवनमा तलग, र सम्पूर्ण पल्टन उहाँकहाँ भेला पारे। उहाँका वस्त्र फुकालेर तिनीहरूले उहाँलाई सिन्दूरे रङ्गको वस्त्र पहिराए। तब एउटा काँडाको मुकुट गाँथेर तिनीहरूले त्यो उहाँको शिरमा लगाए, र उहाँको दाहिने हातमा एउटा निगालो राखे। अनि उहाँको अघिल्तिर घुँड़ा टेकेर तिनीहरूले ‘सलाम यहूदीहरूको राजा!' भन्दै उहाँलाई खिसी गरे। तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालोले उहाँको शिरमा हिर्काए। अनि उहाँलाई गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र उहाँको शरीरबाट फुकाले, र उहाँलाई आफ्नै लुगाहरू पहिराए; तब तिनीहरूले उहाँलाई क्रसमा टाँग्न लगे। तिनीहरू बाहिर जाँदै गर्दा तिनीहरूले शिमोन नाम भएको कुरेनीबासी मानिसलाई भेट्टाए। उसैलाई तिनीहरूले उहाँको क्रूस बोक्न कर लगाए। मत्ती २७:२७-३२ 

जब तिनीहरू गलगथा भनिने ठाउँमा आइपुगे, जसको अर्थ 'खोपड़ीरूपी जग्गा' हो, तब तिनीहरूले उहाँलाई पित्त मिसाएको सिर्का पिउन दिए, तर चाख्नुभएपछि उहाँले पिउने इच्छा गर्नुभएन। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगेर उहाँका लुगाहरूका निम्ति गोला हालेर तिनलाई बाँड़े। योचाहिँ भविष्यवक्ताद्वारा बोलिएको वचन पूरा हुन भनी भएको हो, जसले भन्दछः 'तिनीहरूले मेरा वस्त्रहरू आपसमा बाँड़े, र मेरा पोशाकका निम्ति गोला हाले।' मत्ती २७:३३-३५ 

त्‍यहाँ बसेर ती सिपाहीहरूले उहाँलाई पहरा दिए। 'यिनी यहूदीहरूको राजा येशू हुन्' भन्ने दोषपत्र उहाँको शिरदेखि मास्तिर टाँसियो। तब दुईजना डाँकूहरू पनि उहाँसँगै क्रूसमा टँगाइए, एकजना दाहिने हातपट्टि र अर्को देब्रे हातपट्टि। अनि त्यहाँबाट आउने - जानेहरूले आफ्ना टाउका हल्लाई- हल्लाईकन यसो भन्दै उहाँलाई गिल्ला गर्दथेः 'एई! तँ मन्दिर भत्काउने, र तीन दिनमा फेरि बनाउने, आफैलाई बचा! तँ परमेश्वरको छोरा होस् भने यस क्रसबाट ओर्लेर आइज!” त्यसरी नै मुख्य पूजाहारीहरूले पनि शास्त्री र बूढ़ा प्रधानहरूसित उहाँलाई गिल्ला गरेर यसो भने: 'यसले अरूलाई बचायो, तर आफूलाई चाहिँ यसले बचाउनै सक्दैन। यो इस्राएलको राजा हो भने अब नै क्रसबाट ओर्लेर आओस्, र हामी यसलाई विश्वास गर्नेछौं।' मत्ती २७:३६-४२ 

नि बाह्र बजेदेखि तीन बजेसम्म सारा देशभरि अँध्यारो भयो। तीन बजेतिर येशू ठूो सोरले यसो भन्दै कराउनुभयो: “एली, एली लामा सबकथनी?” अर्थात् ‘हे मेरा परमेश्वर, मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नु- भयो?' त्यहाँ उभिएकाहरूमध्ये कतिले यो सुनेर भनेः 'यस मान्छेले एलियालाई बोलाउँदो रहेछ।' अनि त्यत्ति बेला तिनीहरूमध्ये एकजनाले दगुरेर एउटा स्पन्ज लियो, त्यसमा सिर्का भस्यो र त्यसलाई एउटा निगालोमा राखेर उहाँलाई पिउन दियो। तर अरूले भनेः 'छोड़िदेऊ; हेरौं, कहीं एलिया त्यसलाई बचाउन आउँछन् कि?' येशूले फेरि ठूलो सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो। 

अनि हेर, मन्दिरको पर्दा टुप्पादेखि तल फेदसम्म दुई भाग हुने गरी च्यातियो। अनि पृथ्वी हल्लियो, र चट्टानहरू फाटे। चिहानहरू खोलिए; जब सुबेदार र उनको साथमा येशूलाई पहरा दिनेहरूले भुँइचालो गएको र त्यहाँ घटेका अरू घटनाहरू देखे, तब तिनीहरू यसो भन्दै साह्रै डराए: 'साँच्ची नै यिनीचाहिँ परमेश्वरका पुत्र रहेछन्!’ 

अनि त्यहाँ टाढाबाट हेरिरहने धेरै स्त्रीहरू थिए, जो येशूको सेवा गर्दै गालीलबाट उहाँको पछि-पछि लागेका थिए; यिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेसकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिए। मत्ती२७ :४५-५६ 

नि साँझ पर्‍यो; त्यो दिन तयारीको दिन थियो, अर्थात् 'विश्रामदिनको अघिल्लो दिन थियो। तब अरिमथियाका यूसुफ, एक माननीय सल्लाहकार आए, जो आफै पनि परमेश्वरको राज्यको बाटो हेर्दैथिए; अनि तिनी साहससँग पिलातसकहाँ गए, र येशूको शरीर मागे। अनि उहाँ अघि नै मरिसक्नुभएकोमा पिलातस छक्क परे; तब सुबेदारलाई बोलाएर उनले उहाँ अघिनै मर्नुभएको हो कि भनी तिनलाई सोधे, अनि सुबेदारबाट थाह पाएपछि उनले उहाँको मृत शरीर यूसुफलाई दिए। तब यूसुफले सुती कपड़ा किने, र उहाँलाई तल झारेर उहाँलाई त्यस सुती कपड़ामा लपेटे, उहाँलाई चट्टानमा खोपेर बनाइएको आफ्नै चिहानमा राखे, र एउटा ढुङ्गा गुड़ाएर त्यस चिहानको ढोकामा लगाए। अनि मरियम मग्दलिनी र योसेसकी आमा मरियमले उहाँ कहाँ राखिनु- भएको थियो, सो देखे। मर्कूस १५ः४२-४७ 

प्रभु येशूको मृत्युको विषयमा हामी यहाँसम्म तपाईंलाई कुनै फाल्टो कुरा बताएनौं, कुनै कथा सुनाएनौं, कुनै रीति सिकाएनौं, तर पवित्र शास्त्रको वास्तविक र विश्वासयोग्य विवरण दिएका हौं। हामीले अगाडि तपाईंलाई भनेझैं हामी तपाईंलाई अब येशूको मृत्युको रहस्य खोल्न चाहन्छौं। 

यस सम्बन्धमा एउटा ठूलो गल्तीबाट हामी जोगिनुपर्छ। धेरै मानिसहरूका निम्तिं प्रभु येशूको मृत्युचाहिँ सालैपिच्छे सम्झना गरिरहने एक दस्तुर हो। तिनीहरूका निम्ति त्यो सम्झना ठूलो, त्यो गूड फ्राइडे ठूलो हुँदो रहेछ, जब पवित्र बाइबलमा स्पष्ट लेखिएको छः मानिसहरूका पापहरूको प्रायश्चित्त हुनका निम्ति येशूले आफैलाई बलि चढ़ाईकन त्यो त्राणको काम एकैपल्टमा गरिसिद्ध्याउनुभयो (हिब्रू ७:२७)। प्रभु येशूको मृत्यु एकैपल्ट भएको हो; यो एक ऐतिहासिक घटना हो, जो कहिल्यै दोहोरिएको छैन, न कहिल्यै दोहोरिने नै छ। तर हरेक वर्ष जब गूड फ्राइडेको दिन आउँछ, तब धेरै इसाईहरूको मनमुद्रा बिग्रिन्छ, र तिनीहरू एकदम गम्भीर हुन थाल्छन्। तिनीहरूले किन यसो गर्छन् होला? यो निश्चय छ, पवित्र बाइबलको कुनै आदेश पाएर तिनीहरूले यसो गर्दैनन्। यसैले पहिले बुझ्नुहोस्, प्रभु येशूको मृत्यु एउटा दस्तुर मान्न वा रीति पालन गर्न भनी भएको होइन, तर हामीले मुक्ति पाऔं भन्ने उद्देश्यले भएको हो। 

मुक्ति पाउनु भनेको पापहरूको क्षमा पाएर पवित्र परमेश्वरसँग मेलमिलाप राख्नु हो। पापको क्षमा पाउन एउटा पापबलि चाहिन्छ; किनकि रगत नबगाईकन पापको क्षमा हुँदैन (हिब्रू ९:२२)। पापको सजाय मृत्यु हो। जसले पाप गर्छ, मर्नैपर्छ, कि ता उसको बदलीमा कुनै निर्दोष व्यक्ति मर्नुपर्छ। अनि ठीक यही प्रभु येशूले गर्नुभयो, जब निर्दोष भएर उहाँ हामी पापीहरूका पाप मेटाउन क्रूसमा पापबलि हुनुभयो; किनकि उहाँ स्वयमले भन्नुभयोः ‘मानिसका पुत्र उनलाई सेवा मिलोस् भनेर होइन, तर सेवा गर्न र धेरैको बदलीमा छुटकाराको दाम तिर्ने हेतुले आफ्नो प्राण दिन आए' (मत्ती २०:२८)। 

तपाईंलाई फेरि एकपल्ट क्रूसको दृश्य हेर्न लाउँदैछु। तपाईं देख्दै हुनुहुन्छ, त्यहाँ प्रभु येशूसित अरू कोही थिएन। उहाँका चेलाहरू अघि नै भागिहाले। उहाँकी आमा पनि छैनन्, तर टाढाबाट हेरिरहने केही स्त्रीहरू मात्र रहेछन्, त्यति। क्रूसमा ध्यान दिएर हेर्नुहोस्! त्यहाँ प्रभु येशू झुन्डिनुभएको छ; किन? के उहाँमा कुनै दोष थियो? के केवल उहाँलाई ठूलो अन्याय भएको हो? कसरी यहूदा इस्करयोतीको विश्वासघाती गुप्त चालको जीत भयो? कसरी यहूदीहरूका धार्मिक नेताहरूको मनमा उब्जेको डाहाबाट प्रेरित भएको षड्यन्त्रको जय भयो? के प्रभु येशूको क्रूसको मृत्यु केवल मानिसहरूको बहुमतको नमीठो फल थियो? पवित्र शास्त्रले यसको विषयमा के भन्दछ? 

‘त्यसपछि, जब सबै कुरा अब पूरा भइसके भन्ने कुरा येशूले जान्नुभयो, तब पवित्र शास्त्र पूरा होस् भनेर उहाँले भन्नभयोः “मलाई तिर्खा लाग्यौ!” अनि सिर्काले भरिएको एउटा भाँड़ा त्यहाँ राखिएको थियो; अनि तिनीहरूले एउटा स्पन्ज सिर्काले भरे, र त्यो एउटा हिसपमा राखेर उहाँको मुखमा पुरयाए। यसकारण जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्नुभयोः “पूरा भयो!” अनि उहाँले आफ्नो शिर झुकाएर आफ्नो आत्मा सुम्पिनुभयो।’ यूहन्ना १९:२८-३० 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.