पैसाले किन्‍न सकिन्‍छ, तर...

पैसा ! पैसा !! पैसा !!!

पैसाले किन्न सकिन्छ ..... 
एउटा पलङ, तर निद्रा होइन 
किताबहरू, तर ज्ञानबुद्धि होइन 
खानेकुरा, तर भोक र रुचि होइन 
वेशभूषा, तर सुन्दरता होइन 
एउटा घर, तर आत्मीयता होइन 
सम्पत्ति, तर नैतिकता होइन 
दवाई, तर स्वास्थ्य होइन 
मनोरञ्जन, तर मनको शान्ति होइन 
मादक पदार्थ, तर साँचो आनन्द होइन 
एउटा क्रूसको माला, तर एउटा मुक्तिदाता होइन 
एउटा टिकट हरेक ठाउँमा पुग्न, तर स्वर्गमा होइन 

पैसाले जुन-जुन कुरा किन्न सकिँदैन, ती कुराहरू प्रभु येशूले तपाईंलाई सित्तैंमा दिनुहुन्छ। के उहाँ तपाईंको व्यक्तिगत प्रभु र मुक्तिदाता हुनुहुन्छ? 

हुनुहुन्न भने प्रभु येशूबाट तपाईंले आज नै एउटा नयाँ, आशिषले भरपूर जीवन पाउन सक्नुहुन्छ। सम्पूर्ण हृदयले विश्वाससाथ उहाँलाई पुकारेर यसो भन्नुहोस्ः 'हे प्रभु येशू, आज म तपाईंमा शरण परेर मेरो जीवन अर्पन्छु, म जान्दछु, म एउटा पापी मानिस हुँ। मेरा सबै पापहरू मलाई क्षमा गर्नुहोस् र मलाई बचाउनुहोस्! अबदेखि उसो म तपाईंलाई मेरा प्रभु र मुक्तिदाताको रूपमा मान्छु र मेरो जीवनभरि तपाईंलाई पछ्याउँछु; किनकि तपाईंले मेरो निम्ति क्रूसमा आफ्नो अमूल्य रगत बगाउनुभएको छ। धन्यवाद!' 

यो विश्वासको कदम चलेर तपाईंले पापको क्षमा पाउनुभयो, जीवित प्रभु येशूसित आफ्नो सम्बन्ध जोड्नुभयो र एउटा नयाँ जीवनमा प्रवेश गर्नुभयो। अब यस नयाँ जीवनमा अघि बढ्नुहोस्! प्रार्थनासाथ पवित्र बाइबल पढ्नुहोस्! अरू ख्रीष्टका लोकसित सँगत गरिराख्नुहोस्! यस सम्बन्धमा कुनै प्रश्न तपाईंको मनमा उठेको छ भने हामीसँग सम्पर्क गर्नुहोस्‌। धन्‍यवाद! 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.